२,असार मेचीनगर : भारतकाे पश्चिम बंगाल राज्यकाे पानीट्याँकीमा रेलकाे ठक्करबाट एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर-६ काँकरभिट्टा निवासी करीव ३०/३१ वर्षका बिजय श्रेष्ठ भएकाे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले पुष्टि गरेकाे छ ।
घटना भए लगत्तै भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीलाई जानकारी गराएकाे थियाे । घटना अनुसार विहार राज्यबाट शिलीगुडीतर्फ आउदैँ गरेकाे रेलले नेपाली समय अनुसार साँझ ८:१० बजेतिर उनलाई ठक्कर दिईएकाे थियाे ।

उनी रेलकाे लिकमा हिडिरहेका बखत तीव्र गतिमा आएकाे रेलले ठक्कर दिदाँ उनकाे मृत्यु भएकाे भारतीय प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाएकाे छ । श्रेष्ठकाे शव अहिले पानीट्याँकीस्थित प्रहरी पाेष्ट पीपीमा राखिएकाे र घटनाका बारेमा रेल्वे प्रहरीले अनुसन्धान गर्ने बताईएकाे छ ।
घटनाका बारेमा नेपाल प्रहरीले मृतकका परिवारलाई जानकारी गराई सकेकाे र मृतकका दाजु विधान श्रेष्ठ घटनास्थलतर्फ गएकाे काँकरभिट्टा प्रहरीले जनाएकाे छ ।

























