राप्तीले जित्यो गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि

 

काँकरभिट्टा । गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्तीले जितेको छ । मङ्गगलबार भएको पहिलो संस्करणकाे गाैतमबुद्ध कपको फाइनल खेलमा नारायणीलाई हराउँदै राप्तीले उपाधि जितेको हो ।

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा राप्तीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा एक सय ३४ रन बनायो ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको राप्तिले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

यसअघि दुवै टोलीले वाग्मतीलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

गत आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो ।

कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.