एसपिपि विरुद्ध झापाको बिर्तामोड मुक्ति चोकमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

४ असार, बिर्तामोड : स्वतन्त्र युवा अभियान झापाले आज  अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम SPP मा नेपाललाई सहभागी गराउने कदम विरुद्ध झापाको बिर्तामोड मुक्ति चोकमा प्रदर्शन गरेको छ। उल्लेख्य संख्यामा युवाहरुको सहभागितामा भएको उक्त कार्यक्रममा युवाहरुले बिर्तामोड नगर परिक्रमा गर्दै SPP सम्झौता विरुद्ध चर्को नाराबाजी गरेका थिए।

उनीहरूले, SPP खारेज गर, SPP चाहिँदैन विदेशी सेना ल्याउन पाइँदैन, प्रधानमन्त्री राजीनामा दे, बुद्धभुमी लाई युद्धभूमि बनाउन पाइँदैन भन्ने लगायतका नारा लगाएको कार्यक्रम आयोजक समितिका चरण प्रसाईले जानकारी दिए। नगर परिक्रमा पछि कार्यक्रम मुक्ति चोकमा गएर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा शाही शक्ति नेपालका केन्द्रीय अध्यक्ष मुनिन्द्र राजभण्डारी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजभण्डारीले’ नेपालको इतिहासमा कुनै सैन्य गठबन्धनमा नगएको र नेपाली जनता देशको रक्षा गर्न सक्षम भएकाले एसपीपी को औचित्य नभएको बताए।

त्यसपछि, कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक सन्तोष बिमलीले ‘एसपीपी सम्झौता नेपाल र नेपालीको भविष्य माथि नै कुठाराघात गर्ने, नेपाललाई दीर्घकालीन द्वन्दमा धकेल्ने र नेपाल राष्ट्रको अस्तित्व नै मेट्ने किसिमले आएकोले सम्पूर्ण नेपालीहरु ले यसको विरोध गर्नुपर्ने कुरा औल्याए। साथै, नेपाल निकट भविष्यमा नै विदेशी शक्तिकेन्द्रको रणभूमि बन्न सक्ने भन्दै सबैले गम्भीर हुनुपर्ने बताएका थिए।’ मदन चुडालले सञ्चालन गरेको कोणसभा कार्यक्रमलाई धार्मिक क्षेत्रका युवा विनायक निरौला लगायतले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.