प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि

A notice in Nepali from Mechinagar Ward No. 10

४ असार, काठमाडौँ : द हिडन ट्रेजरद्वारा आयाेजित यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले पाएकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालिमा उनले उपाधि जितेकी हुन।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो।

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए। कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो।

विजेता लाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइ दिएकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.