बालेनको पहिलो प्राथमिकता फोहर व्यवस्थापन

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्। आइतबार नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममार्फत उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

महानगरपालिकाले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

मेयर बालेन्द्र साहले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने समेत बताएका छन्।

प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालन गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेष्ट कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा भनिएको छ।

मेयर साहले फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा त्यसबाट ऊर्जा उत्पादनका लागि काठमाडौं महानगरपालिकालगायत अन्य स्थानीय तहका उपयुक्त स्थानमा वेष्ट टु इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने पनि बताए।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो समस्या बन्दै आएको छ। नगरप्रमुखको शपथग्रहण गर्नुभन्दा पहिले नै बालेन काठमाडौँको फोहर विसर्जन गर्ने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका थिए।

२०७९/०८० को नीति तथा कार्यक्रमको पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.