बुद्ध एयरले नियमित उडान गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार, काठमाडौँ : वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने उद्धार तथा नियमित उडान बन्द आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नियमित उडान हुने बताए । बुद्ध एयरले काठमाडौंलगायत देशभरका विमानस्थलबाट दैनिक १ सय ४० हाराहारीमा आन्तरिक उडान गर्छ ।

बुद्ध एयरबाहेक आन्तरिक उडानमा तारा, यति, श्री, सौर्य, गुण गरी नौ वटा वायु सेवा छन् ।

काठमाडौंबाट हुने ३ सय हाराहारी उडानमा बुद्ध एयरको करिब ६० प्रतिशत हिस्सा छ ।

‘वायुसेवा सञ्चालक संघ’ले मंगलबार पत्रकार सम्मेलन गर्दै पर्याप्त भौतिक पूर्वाधारबिना एकपक्षीय ढंगले १९ वटा वायुसेवा कम्पनीका ९० वटा जहाज र हेलिकोप्टरमध्ये ४३ वटालाई काठमाडौं बाहिर स्थानान्तरण गर्ने निर्णयको विरोध गर्दै बुधबारदेखि आन्तरिक तर्फका नियमित र चार्टर हेलिकोप्टर उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।(इकान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.