Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह राष्ट्रियपूर्वीनाका खुलाउन माग गर्ने प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

पूर्वीनाका खुलाउन माग गर्ने प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

 

लक्ष्मी उप्रेती

काँकरभिट्टा, १ पुस  । पूर्वीनाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्घ आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य व्यवसायीहरुले बुधबारबाट पाचौं चरणको आन्दोलनका कार्यक्रम शुरु गरेका छन् ।

चौथो चरणसम्मका शान्तिपूर्ण आन्दोलनलाई सम्बन्धितपक्षले वेवास्ता गरेका कारण नगरका विभिन्न व्यवसायीहरुले पाचौं चरणको आन्दोलनमा जानु परेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीले बताउनुभयो ।

यसअघि नाराजलुस, हस्ताक्षर अभियान, ज्ञापन पत्र बुझाएर नाका खुलाउन माग गदैं आएका व्यवसायीहरुले बुधबारबाट धर्नाका कार्यक्रम शुरु गरेका छन् । बुधबार दिउसो २ बजे बसपार्कअघि बाट विभिन्न चर्का नारावाजीसहित निस्केको र्यालीले काँकरभिट्टा बजारहुदैं मेचीपुलसहित काँकरभिट्टाबजारको मुख्यःमुख्यः भागको परिक्रमा गरेको थियो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हिकोला अघि मुख्यः सडकमा एकघण्टा धर्ना दिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

अब नाका नखुलेञ्जेलसम्म विरोध कार्यक्रम जारी रहने अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले र्यालीमा प्रहरीले हस्तक्षेप गरेको र धर्नाबाट जवरजस्ती उठाएको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रहरी र प्रदर्शनकारीबीच सामान्य विवाद समेत भएको र त्यसबेला आफूलाई प्रहरीले नियन्त्रणमा लिएको कार्कीको भनाई छ । पाचौं चरणको आन्दोलन कडाइ हुने र नाका सहज नभइञ्जेल निरन्तर प्रदर्शन हुने होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपालले बताउनुभयो ।

उहाँले शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीको दमन भएपनि पछि नहट्ने र आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने बताउनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले प्रदर्शनकारीले मुख्यः राजमार्ग अवरोध गरेका कारण सम्झाउदा बुझाउदासम्म नमाने पछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई तितरवितर पारेको प्रतिक्रिया दिनुभयो । मुख्यः राजमार्ग अवरोध गर्नेलाई मुद्घासम्म चलाउन सक्ने उहाँको भनाई छ । नगरका उद्योगी व्यवसायीहरुले केहीदिनअघिमात्र हस्ताक्षर अभियान शुरु गरी संकलित हस्ताक्षर प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीलाई बुझाएका थिए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु