प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाभियोग लगाउनुपर्छ : डा. बाबुराम भट्टराई

 

काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाभियोग लगाउनुपर्ने बताएका छन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आक्रोशित स्टाटस पोष्ट गर्दै डा. भट्टराईले महाभियोग लगाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले महाभारतका दुर्योधनले द्रौपदीको चीरहरण गरेझैं संविधान र लोकतन्त्रको हुर्मत लिएको डा. भट्टराईको आरोप छ।

‘अब गनगन गरेर मात्रै बस्ने कि ओलीका थप हर्कत रोक्न बेलैमा संसद् अविधेशन र महाभियोगतर्फ लाग्ने’ भनेर सत्ताभित्रका तथा विपक्षी दलका नेताहरूलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रश्न गरेका छन्।

डा भट्टराईले लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक÷वक्तव्यवाजी÷गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो ?’

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.