स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असार, मेचीनगर : झापाको मेचीनगरमा जारी स्थानीय स्काउट कार्यालय मेचीनगर द्वारा आयोजित नेपाल स्काउटको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ नगर स्तरीय आधारभूत स्काउट तालिमको चौथो दिनमा विभिन्न सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थित रहेको छ । तालिमको चौथो दिन सहभागीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले लागूऔषध, यसले समाज र युवामा पार्ने असर, बच्ने उपायहरु तथा साइबर क्राइमकाबारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रहरी नायव उपरीक्षक महत्तोले लागूऔषध भित्रिने मुख्यः चारवाट नाकामध्ये काँकरभिट्टा पनि एक भएको आफ्नो प्रस्तुतीकरणमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र भैरहवानाकामा गरिएको कडाइका कारण लागूपदार्थ कारोवारी अहिले काँकरभिट्टा नाकामा सक्रिय भएको उहाँको प्रस्तुतीकरणमा उल्लेख छ । लागूऔषधका प्रकार, यसबाट हुने हानी नोक्शानी तथा समाजलाई समेत पुग्ने असरका बारेमा उहाँले आफ्नो प्रस्तुतीमा दिनुभएकोे थियो । थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको प्रहरी नायव उपरीक्षक महत्तोको भनाई छ ।

खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिने उहाँको प्रस्तुतीमा उल्लेख छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको उहाँले सहभागीहरुलाई जानकारी गराउनुभयो ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.