आईसीसी विश्वकप लिग २ का बाँकी खेल ओमानमा हुने ( खेल तालिका सहित )

A notice in Nepali from Mechinagar Ward No. 10

 

काठमाडौं । नेपाल, अमेरिका र ओमान सम्मिलित आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आगामी अप्रिलमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएका खेलको तालिका सार्वजनिक गरेको हो।

उक्त तीन देशबीचको सिरिज ओमानकै घरेलु मैदान अल अमरातमा १९ देखि २८ अप्रिलमा हुनेछ।स्कटल्याण्डको घरेलु मैदानमा हुने नामिबियासँगको खेल जुलाईमा हुने भनिए पनि मिति सार्वजनिक भएको छैन।

नेपालले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स र पपुवा न्युगिनीसँग २०२२ को फेब्रुअरीमा खेल्ने तालिका छ।नामिबिया र स्कटल्याण्डसँग २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म खेल्नेछ।

नेपालले आगामी जुलाईमा ओमानसँग अमेरिकाको मैदानमा खेल्नेछ। पपुवा न्युनिगिनीको मैदानमा अमेरिकासँग हुने खेल भने २२ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुने तालिका छ।

२०२३ को फेब्रुअरीमा नामिबिया र स्कटल्याण्डसँग घरेलु मैदानमा खेल्ने नेपालले युएईको मैदानमा पपुवा न्युगिनीसँग त्यही महिना सिरिज खेल्नेछ।

यसअघि घरेलु मैदानमा भएको अमेरिका ओमान सम्मिलित सिरिजमा नेपालले २ खेलमा जित हात पारेको थियो। सिरिज अन्तर्गतका २ खेलमा ओमानसँग पराजित भएको नेपालले अमेरिकाविरुद्ध भने दुवै खेलमा जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.