२० असार, भद्रपुर : प्लान्ट क्वारेन्टिन सरोकारवाला समन्वय बैठक तथा छलफल सोमबार झापाको भद्रपुरमा सम्पन्न भएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाले पशु कवारेन्टाइन चेक पोस्ट भद्रपुरको सभाहलमा आयोजना गरेको बैठकमा विविध विषयमा छलफल भएको थियो ।
भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामेश्वरप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भएको छलफलमा आयोजक कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुले विरुवा तथा विरुवाजन्य वस्तुको बीउबिजनलगायत अन्य वस्तु अबैधरुपमा नभई मुख्यः भन्सार नाकाबाट आयात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यस्ता वस्तु विना परीक्षण आयात गर्दा अनेक खालका रोग भित्रिने जानकारी गराउनुभयो ।
बाली संरक्षण अधिकृत देविन्द्र साहुले प्लान्ट क्वारेन्टिन कार्यालयको काम, कर्तव्य र अधिकारका बारेमा सहभागीहरलाई जानकारी गराउनुभयो । कुनै पनि रोग कीराको लक्षणहरु भएको, क्षतिग्रस्त र सडेगलेका विरुवा तथा विरुवाजन्य उपजहरु परीक्षण जाँच गर्ने, स्वस्थ्य देखिने बस्तुहरु जस्मा माटो, झारपातको बीउ नभएको परीक्षण जाच गर्ने र प्लान्ट क्वारेन्टिन प्रक्रिया अनुसार नेपाल प्रवेश अनुमति दिने काम कार्यालले गर्ने उहाँको भनाई थियो ।
छलफलमा भद्रपुर भन्सार नाकाबाट कृषि तथा कृषिजन्य वस्तुको आयात निर्यातको अवस्था, अवैधरुपमा बिरुवा तथा बिरुवाजन्य वस्तु नेपाल प्रवेश गर्न निषेध गर्नुपर्ने, नियन्त्रणमा लियएको बिरुवाबाट रोग फैलिन नदिने गरी नष्ट गर्नुपर्ने, विदेशमा फैलिएका रोग किरा नेपालभित्रिन नदिने, कृषिजन्य बस्तुको पैठारी हुँदा अनिवार्यरुपमा बिरुवा स्वस्थ्ताको प्रमाणपत्र हुनुपर्ने, प्लान्ट क्वारेन्टिन प्रक्रिया मार्फत आवेदन दिनुपर्ने विरुवा ल्याउनुपर्नै भएमा १ दिन अघि नै अनुमती पत्र लिएर मात्र ल्याउनुपर्नेलगायतका विषयमा छलफल र बैठक केन्द्रित रहेको कार्यालयका प्राविधक सहायक चण्डेश्वर ठाकुरले जानकारी दिनुभयो ।
नेपालमा रोग किरा भित्रिएपछि नियन्त्रणका लागि कृषकलाई ठुलो चुनौती र विषादीको प्रयोग गर्नुपर्ने बाँध्यता हुने, संक्रमित बिरुवा, फल खाल्टोमा खनेर नष्ट गर्नुपर्ने र एकजनाको कमजोरीका कारण सयांैले दुःख र क्षति व्योहोर्नुपर्ने बताइएको छ । जनचेतनाको कमिले गम्भीर प्रभाव पार्ने भन्दैं हरेकक्षेत्रमा यस विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइएको छ ।
छलफलमा झापा उद्योग संघका यामबहादुर श्रेष्ठ, पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका मुकेशकुमार सिहं, भद्रपुर भन्सार कार्यालयका नयाव सुब्बाहरु राजन भुजेल, रमेश माझी, सुशीलप्रसाद निरौला, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट भद्रपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक गणेश खातीलगयात व्यवसायी, पत्रकार र सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

























