कोटा प्रणालीबाट तेल वितरण गर्न आयल निगमको प्रस्ताव : एक पटकमा दुई पांग्रेलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।
‘मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इनधन दिन आग्रह गरिएको छ,’ प्रवक्ता उपाध्ययले भने, ‘यसबाहेक शनिबार देशका प्रमुख शहरमा सवारी साधन निषेध गर्न लगायतका १० वटा सुझाव सरकारलाई पेश गरेका छौं ।’

सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ । निगमले सरकारलाई पठाएको सुझावमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दुरीमा सवारी सधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । निगमले अधिकतम् मात्रामा सवारी साधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ ।

इन्धनको खपत नघट्ने र आर्थिक स्रोत पनि नजुट्ने अवस्था बनेपछि सरकारसंग फेरि खपत कम गर्ने उपायका लागि आग्रह गरिएको उपाध्ययले बताए । ‘गत चैत १३ गते पनि हामीले यस्तो प्रस्ताव गरेका थियौं । बिदाले पेट्रोलको खपत घटेको पनि थियो तर सरकारले त्यो व्यवस्था हटायो,’ उनले थपे, ‘अवस्था फेरि जटिल बन्दै गयो अब फेरि खपत कमका उपायमा नगइ नहुने अवस्था बन्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.