फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असार, काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

गएरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रटिलिटर नौ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले बढाउनु परेको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ। यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.