प्रदेश १ को नामाकरण बारे सर्वदलीय बैठकमा हुन सकेन सहमति

A notice in Nepali from Mechinagar Ward No. 10

२४ असार, विराटनगर : प्रदेश १ को नामकरणका लागि सहमति जुटाउन बसेको सर्वदलीय छलफल बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयमा नामको विषय छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छलफल भएको थियो । छलफल बिना निष्कर्ष टुङ्गिएको नेकपा एमाले प्रदेश सांसद हिक्मतकुमार कार्कीले बताए ।

उनका अनुसार बैठकमा चर्चामा आएकै नामहरु प्रस्तुत भएको थियो । कोशी, कोशी किराँत, किराँत, सगरमाथा, लिम्बुवानलगायत नामका विषयमा छलफल भए पनि दलहरुबीच सहमति नजुटेको उनले बताए । ‘नामका विषयमा दलहरुबीच छलफल भयो तर निष्कर्षमा पुगिएन्,’ कार्कीले भने, ‘नाम राख्ने विषयमा एकमत छ, सहमतिका लागि फेरि बस्छौं ।’

नेकपा एमालेले भूगोलका आधारमा कोशी प्रदेश राख्नुपर्ने बताउँदै आएको छ । सत्तारुढ दलका नेताहरुले भने पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने बताएका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए । एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले बैठकमा जातीय पहिचान झल्कने खालको नाम राख्न नहुने पक्षमा एमाले रहेको बताए ।

प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुईतिहाई बहुमत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३९, कांग्रेसका २१, माओवादीका १५, एकीकृत समाजवादीका १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना गरी ९० जना सांसद छन् ।(अनलाइनखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.