प्रदेश १ नामकरण बहसः कांग्रेसको प्रस्ताव सप्तकोशी

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असार, बिराटनगर : प्रदेश १ को नाम प्रस्ताव गर्न हच्किरहेको सत्तारूढ नेपाली कांग्रेसले पनि अन्ततः मुख खोलेको छ। उसले पनि एमाले र राप्रपाले झैं भौगोलिक आधारमा नाम राख्न प्रस्ताव गर्दै प्रदेशको नाम ‘सप्तकोशी’ राख्नुपर्ने बताएको छ।

शुक्रबार विराटनगरमा आयोजित सर्वदलीय बैठकमा कांग्रेसले अरूका प्रस्ताव सुनेर तिनैबाट विकल्प खोज्नुपर्ने बताएको थियो। तर, सर्वदलीय बैठकमा कांग्रेसले कुनै नाम प्रस्ताव नगरेको सूचना सार्वजनिक भएपछि उसको आलोचना सुरु भएको थियो।

‘हाम्रो कुनै प्रस्ताव नै नभएको भन्ने कुरा सहि होइन’, कांग्रेस प्रदेश १ का प्रमुख सचेतक सूयर्माराज राईले भने, ‘हाम्रो प्रस्ताव सप्तकोशी प्रदेश राखौं भन्ने हो।’

प्रदेश १ को नामका लागि मूख्य विपक्षी एमालेले कोशीको प्रस्ताव गर्दा राप्रपाले सगरमाथा भनेको छ। त्यस्तै माओवादी केन्द्रले किराँत प्रदेश, एकीकृत समाजवादीले कोशी वा सगरमाथामा किराँत जोडेर बहुपहिचानयुक्त बनाउन प्रस्ताव गरेको छ।

जसपाले किराँत, लिम्बुवान, शेर्पालुङ मधेश र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले लिम्बुवान किराँत नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्।

दलहरु जारी बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने कसरतमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.