झापाका निजामती कर्मचारीहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असार, झापा : संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न माग राख्दै निजामती कर्मचारी सम्बद्ध झापाका विभिन्न संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापा, नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र एकीकृत सरकारी कर्मचारी संगठन झापाले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंले पनि ऐक्यद्धता जनाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष यदुनन्दन दाहाल र एकीकृत सरकारी कर्मचारी संगठन झापाका अध्यक्ष निरोज कट्टेलसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेर झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
उनीहरुले देश संघीय राज्यव्यवस्थामा गइसकेको लामो समयसम्म पनि संघ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवम् मार्गदर्शक छाता कानून संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी र सार्वजनकि प्रशासन प्रणाली नै अन्योलको अवस्थामा रहेकोले सर्वस्वीकार्य संघीय निजामती सेवा ऐन संसदको चालु अधिवेशनबाटै यथाशीघ्र जारी गर्न माग गरिएको बताए ।
निरोज कट्टेलले सञ्चालन गरेको संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिएको ज्ञापनपत्र ग्रहण गर्दै प्रजिअ रिजालले समग्र कर्मचारीहरुको हकहित एवम् सार्वजनिक प्रशासनको स्थायित्वका लागि कर्मचारीहरुले उठाउका सवालसहितको ज्ञापनपत्र आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइने प्रतिबद्धता जनाएका थिए ।
ज्ञापनपत्रमा पदपूर्ति, सरुवा–बढुवा, संगठन संरचना, कार्यसम्पादन सम्झौता, भौगोलिक षेत्र विभाजन, सामाजिक सुरक्षा, सेवा–सुविधा–सुरक्षा, कर्मचारी कल्याण कोष,अनिवार्य अवकाश, अध्ययन–भ्रमण–तालिम, ट्रेड युनियन, निजामती सेवाको सुधार एवम् जनशक्ति विकासलगायत १६ वटा विषयलाई सुझावसहित बुँदागत रुपमा प्रस्तुत गरिएको छ । कर्मचारीका संगठनहरुले ती विषय ऐनमा समावेश हुनुपर्ने जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.