उमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीको झापा सभापति चयन

A notice in Nepali from Mechinagar Ward No. 10

३० असार, बिर्तामोड :  राष्ट्रिय स्वतन्त्र पार्टीको झापा सभापतिमा उमेश खरेल चयन भएका छन् ।

बिहीबार बिर्तामोड स्थित अग्रसेन भवनमा आयोजित सो पार्टीको जिल्ला भेलाले खरेललाई सभापतिमा चयन गरेको हो ।

पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले जिल्ला सभापति र सचिवको नाम घोषणा गरेका थिए । सभापतिमा खरेल र सचिवमा प्रकाश पाठकको नाम लामिछानेले घोषणा गरेका हुन् ।

नवनिर्वाचित झापा सभापति खरेलले जम्मा समिति १८ जनाको बन्ने बताए । जसमा सभापति, उपसभापतिमा महिला, सचिव र १५ वटै पालिकाबाट १/१ जना पदेन सदस्य रहने उनको भनाई छ ।

जिल्ला भेलामा पार्टीका केन्द्रीय प्रवक्ता डा. मुकुल ढकालले पार्टीको विधान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्षता, प्रमुख अतिथि र स्वगत कार्यक्रम राखिएको थिएन । कार्यक्रमको सञ्चालन भने पार्टीका केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीले गरेका थिए । कार्यक्रममा १० जना सहभागीहरुले सुझावहरु दिएका थिए ।

झापा सभापति खरेलले देशभरि जिल्ला भेला कार्यक्रम आयोजना अन्तरगत झापामा पनि समिति बनेको बताए । मुख्य कुरा जिल्ला भेला, संगठन विस्तार र सदस्यता संख्या बढाउने उद्देश्य रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.