Sunday, May 9, 2021
- बिज्ञापन -
गृह राजनीतिसंसद् विघटनको घोषणा भए सँगै काँग्रेस आन्दोलित

संसद् विघटनको घोषणा भए सँगै काँग्रेस आन्दोलित

 

काँकरभिट्टा  । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको घोषणा भए सँगै काँग्रेस आन्दोलित बनेको छ  । यसै विषयलाई लिएर  नेपाली काँग्रेसले सङ्घीय व्यवस्थापिका संसद् विघटनको विरुद्धमा विराटनगरमा प्रदर्शन गरेको छ ।

प्रदेश १ नेपाली काँग्रेसका प्रमुख सचेतक लगायत नेताहरूको उपस्थितिमा विराटनगरमा प्रदर्शन भएको हो । संसद् विघटन फिर्ता गर, केपी ओलीको तानाशाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावादको नारा लगाउँदै काँग्रेस सडकमा आएको हो ।

नेपाली जनताको सपना र मत माथि कुठाराघात गरेको भन्दै आन्दोलन गरेको विरोध कार्यक्रमका अगुवा नेताहरुले बताए ।। नेपाली जनताले स्थायी सरकार बनाएर देश विकास गर्न दिएको मत देश विनाशमा प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । कम्युनिस्टहरू कहिल्यै जनताको पक्षमा नहुने कुरा पुष्टि भएको उनीहरुको भनाइ छ ।

( फोटो :कपुरी न्यूज )

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु