माओवादी अध्यक्ष दाहालसँग फलदायी छलफल भयो : भारतीय विदेशमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

३२ असार, बिर्तामोड : भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । भारतको ३ दिने भ्रमणका क्रममा रहेका दाहाललाई विदेशमन्त्री जयशंकरले नयाँदिल्लीस्थित ताजमानसिंह होटेलमा भेटेका हुन् ।

 

 

उनले भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमणमा रहेका दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । त्यस्तै ‘छिमेकी पहिलो’ नीतिलाई अँगाल्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सधैं साझेदार रहने पनि उनले बताएका छन् ।

दाहालसँगको भेटबारे जानकारी दिँदै विदेशमन्त्री जयशंकरले लेखेका छन्, ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ । स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्लसँग भ्रमणमा गएका दाहाल आइतबार नै स्वदेश फर्कनेछन् ।(इकान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.