निर्वाचनमा जानुपर्ने राप्रपाको ठहर

सोमबार, पौष ६, २०७७

 

काठमाडौं । संसद विघटनको निर्णयसँगै आइतबार बसेको राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले निर्वाचनमा जानुपर्ने निर्णय लिएको बताइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको ताजा जनादेश लिने कुरा प्रजातान्त्रिक भएको ठहरसहित निर्वाचनमा जानुपर्ने निर्णयमा पुगेको छ। तथापि, उसले पार्टीको औपचारिक निर्णयमा भने सो कुरा उल्लेख गरेको छैन।

बैठकको निर्णयबारे जानकारी दिँदै एक जना केन्द्रीय सदस्यले चुनावमा जानुपर्नेमा बैठक केन्द्रित भएको र त्यसमा तीन जनै अध्यक्षसहित पदाधिकारीको सहमति रहेको जानकारी दिए।

बैठकमा अध्यक्ष कमल थापाले जनताको मन जित्ने गरी चुनावका लागि तयार हुनुपर्ने बताएका थिए।

बैठकपछि जारी राप्रपा बैठकको निर्णयमा संसद विघटन संविधान र प्रजातन्त्रिक मूल्य मान्यताविपरीत रहेको ठहर गरिएको छ।राप्रपाले नयाँ चुनावलाई भने स्वागत गरेको ती केन्द्रीय सदस्यले बताए।

राप्रपाको आधिकारिक निर्णयमा भनिएको छ, ‘परिवर्तित सन्दर्भलाई विगतको त्रुटि, कमी-कमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीतिअनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ।’

राप्रपा धर्मसापेक्ष, हिन्दु राष्ट्र र राजसंस्था पक्षधर हो। पार्टी एकतासँगै राप्रपाले सोही मुद्दा उठाइरहेको छ भने सडकमा भइरहेका राजसंस्था पक्षधरको आन्दोलनमा समर्थन र साथ दिइरहेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.