संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य

संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । प्रतिनिधिसभामा १३८ सांसद बहुमत हुनेछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । यसमध्ये ८७ सांसदले सर्वोच्चमा रीट दायर गर्ने तयारी भएको थियो । तर, प्रतिनिधिसभाकै बहुमत सांसद पुर्‍याउन गृहकार्य भएपछि नेकपा सांसदहरुको मात्रै रिट बुझाउने कार्य रोकिएको छ ।

त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श गर्दैछ । हिजै काँग्रेस र जसपाका नेताहरुसँग नेकपाका नेताहरुले छलफल गरेका थिए । आज पनि यो तीन पार्टीको बैठक बस्दैछ ।

‘संसदकै बहुमत पुर्‍याएर रीट दर्ता गर्ने तयारी भएपछि आज सर्वोच्च जाने संभावना कम छ । अब बहुमत सांसदहरु सर्वोच्च जान्छौं’, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.