माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

A notice in Nepali from Mechinagar Ward No. 10

९ साउन, काठमाडौँ : यू–२० साफ च्याम्पियनसिपमा नेपालले सानदार सुरुआत गरेको छ। आजबाट भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि सहज जित निकाल्यो।

भुवनेश्वरको कालिंगा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ४–०को सानदार जित निकाल्यो।

माल्दिभ्सविरुद्ध सुरुआतदेखि नै आक्रमण रणनीतिमा उत्रिएको नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो । नेपालका लागि मनग्य नहकर्मी, कृतिशरत्न छुन्जु, सुगम सुवाल र दीपेश गुरुङले गोल गरेका थिए।

दीपेशले ४१औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए। उनले कर्नरमा माल्दिभ्समा गोलकिपरले पन्च गरेको बलमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो।

५८औं मिनेटमा सुगमले कान्टरमा ‘कुल फिनिसङ’ गर्दै नेपालको अग्रता दोब्बर बनाए। ६१औं मिनेटमा नेपालले तेस्रो गोल थप्यो। नेपालका कप्तान आयुष घलानलाई डिबक्समा लडाएपछि प्राप्त खेलाडीमा कृतिशले गोल गरेका थिए।

खेलको अतिरिक्त सयमको पनि अन्त्यतिर मनग्यले नेपाललाई ४–०को जित दिलाए। उनले थप गरिएको सयको चौथो मिनेटमा डिबक्सभित्र डिफेन्डरमा डिफ्लेक्ट भएको बलमा गोल गरेका थिए।

अब नेपालले बुधबार श्रीलंकासँग खेल्ने छ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपाल, माल्दिभ्ससँगै भारत, बंगलादेश र श्रीलंका सहभागी छन्। शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.