स्थानीय चुनावको परिणाममा एमालेकाे दाबी गलत ठहर, लोकप्रिय मत पाउनेमा कांग्रेस पहिलो

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत पाउनेमा नेपाली कांग्रेस पहिलो दल रहेको सार्वजनिक गरेको छ। मंगलबारको पत्रकार सम्मेलनमा मत विवरण सार्वजनिक गर्दै आयोगले स्थानीय निर्वाचनमा कांग्रेसले एमालेभन्दा १ लाख ४४ हजार ५९१ बढी मत ल्याएको जानकारी दिएको हो।

आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ। त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जानकारी दिएको छ ।

यसअघिसम्म नेकपा एमालेले स्थानीय निर्वाचनमा कम सिट जितेपनि सबैभन्दा बढी मत ल्याएको दाबी गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.