संसद विघटन नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो : प्रधानमन्त्री ओली

 

काठमाडौँ । धानमन्त्री केपी ओलीले आज सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताउनुभएको छ ।

आज  सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताउनुभयो  ।

‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो । केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो,’ ओलीले भन्नुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षाअनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएको बताउनु भयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.