विप्लवविरुद्ध पक्राउ पुर्जी

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, काठमाण्डौं : जिल्ला अदालतले ललितपुर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले महासचिव चन्दलाई साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत ललितपुरले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

विप्लवसँगै नेकापाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बमलगायतका नेता–कार्यकर्ताविरुद्ध पनि जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी काटेको छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन उनीहरूलाई भनिएको छ। अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.