काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, काठमाडौँ : तारकेश्वर नगरपालिका- २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान, श्रीमती र दुई छोराछोरी रहेका छन् ।

एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी पुगिसकेको र हत्याबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.