विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग

A notice in Nepali from Mechinagar Ward No. 10

१७ साउन, काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गरेका हुन् ।

केपी ओलीको सरकारले विद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र सहमति पालना हुनुपर्नेमा जोड दिए । उनले कारवाहीको नाममा विप्लव समहूलाई पुनः हिंसामा जान दिन नहुने बताए । भट्टराईले तत्काल नेकपाका नेताहरुमाथिको कारवाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरुलाई काटेको पक्राउ पूर्जि फिर्ता लिन माग गरे ।

त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारसंग गरेको सहमति कार्यान्वयन गर्दै विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनुपर्ने बताए ।

यसअघि बैठकको शुन्य समयमा माओवादी केन्द्रकी सांसद यसोदा गुरुङ सुवेदीले विप्लव नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाउँदै सरकारसँग भएको सहमति कार्यान्वयन नभएको बताइन् । जिल्ला अदालत ललितपुरले पुराना घटनाका सम्बन्धमा विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.