परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जानुहुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२० साउन, काठमाडौँ : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।

परारष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहने उल्लेख छ । भ्रमण तालिकाअनुसार साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

त्यस्तै, परराष्ट्रमन्त्रीको खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजना गर्नुहुनेछ । परराष्ट्रमन्त्री खड्का साउन २६ गते बिहीबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.