नेपाल – प्रचण्ड गुटबाट माधवकुमार नेपाल नेकपाका नयाँ अध्यक्ष

 

काठमाडौं । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाइएको बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार राजधानीमा आयोजित बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो ।

आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ । उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.