महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस

A notice in Nepali from Mechinagar Ward No. 10

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै जिम्मेवार भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभामा महाअभियोगमाथि आइतबार सुरु भएको छलफलमा भाग लिँदै एमाले सांसदहरुले समयमै किन अगाडि नबढाएको, करिब ६ महिना के हेरेर बसेको भनी सत्ता पक्षलाई प्रश्न गरेका थिए । जवाफमा कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले प्रश्न एमालेतिरै फर्काए ।

उनले भने, ‘विलम्ब भयो । यसको कारण हो– संसदले ९ महिनासम्म अवरोध झेल्नु ।’ संसदको अवरोध खुलेपछि संसदको ध्यान बजेटमा केन्द्रित भएको उल्लेख गर्दै अनुकुल समयमा महाअभियोग अगाडि बढेको दाबी गरे । ‘सिफारिस समिति बनेको छ । फेरि पनि सिफारिस समितिमा छलफल हुन्छ । विकृति, विसंगतिको चाङमा उभिएका चोलेन्द्रविरुद्धको महाअभियोग पारित गरिनुपर्छ’ विश्वकर्माले भने ।

कांग्रेस सांसदहरुले एमालेलाई विगतमा सर्वोच्च अदालतमा आन्दोलन भइरहँदा सबै पक्ष एकै ठाउँमा रहेको पनि स्मरण गर्न आग्रह गरेका छन् ।

सांसद विश्वकर्माले प्रधानन्यायाधीशले पद अनुसारको आचरण गर्न नसकेको, विवादित र अन्यायपूर्ण फैसला गरेको भनी कानुन व्यवसायी, न्यायाधीश र पूर्व न्यायाधीशले आन्दोलन गरेको र सांसद र नेताहरुमाथि प्रश्न उठेको बताए ।

‘त्यसमा नेताहरु खै, सभामुख खै, सांसदहरु खै भनेर प्रश्न उठेको पनि सम्झन आवश्यक छ । त्यस अनुसार माननीयहरु प्रस्तुत हुनुहुन्छ भन्ने विश्वास छ’ उनले भने ।

डेढ वर्षअघि जबराविरुद्ध आन्दोलन चलिरहँदा न्याय माग्न जानेहरु बाटैबाट फर्किएको उल्लेख गर्दै विश्वकर्माले भने, ‘न्याय माग्न जानेहरु सर्वोच्चको गेटबाटै फर्किन्थे । त्यो बेला हामी सबै एकै ठाउँ थियौं । त्यसबेला हामी प्रतिपक्षमा थियौं । अहिले सत्तापक्षमा छौं । यसकारण यो महाअभियोग प्रस्ताव सबैको प्रस्ताव हो ।’

कांग्रेसकै सांसद डिला संग्रौलाले पनि चौतर्फी राजीनामा मागिँदा, न्याय अवरुद्ध हुँदा समेत राजीनामा नदिएर सर्वोच्चलाई थप अविश्वसनीय बनाउन उद्धत भएकाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताइन् ।

‘यो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षको आँखाले नहेरी न्यायपालिकामा रहेको बिचौलिया र भ्रष्टाचारको विरुद्ध उभिएर जाउँ’ सांसद संग्रौलाले आग्रह गरिन् ।

कांग्रेस सांसद रामबहादुर विष्टले अति भएकै कारण जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताए ।

कांग्रेसका अर्का सांसद प्रकाश रसाइली स्नेहीले एमालेले महाअभियोगमाथि छलफल गर्ने वातावरण बनाउन नदिन एमालेले भूमिका खेलेका आरोप लगाए । ‘संसद अवरोध गर्ने, छलफल गर्न नदिने, वातावरण बनाउने अहिले आएर किन ढिला भयो भन्ने ?’ उनको प्रश्न छ ।

कांग्रेसकै सांसद रंगमती शाहीले जबराविरुद्धको महाअभियोग तुरुन्तै पास गरिनुपर्ने बताए । संसदमा महाअभियोग किन भनेर छलफल गर्नुअघि लगाइएका २१ वटा आरोप अध्ययन आवश्यक रहेको भन्दै उनले न्यायालय बचाउन पनि महाअभियोग पास गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.