इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै हुने

A notice in Nepali from Mechinagar Ward No. 10

सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने भएको छ । यसअघि सरकारले इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा राख्ने निर्णय गरेसँगै सामाजिक सन्जालमा यस विरुद्व टिकाटिपणि भएको थियो । यसैलाई मध्येनजर गरेर सरकारले इम्बोस्ड नम्बर नेपाली भाषामा राख्न कानुन मन्त्रालयलाई रायको लागि पत्राचार गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालका अनुसार यदि ठेक्का संशोधन, ‘कानुन संशोधन लगायतका विषयमा कुरा मिले इम्बोस्ड नम्बर देवनागरी लिपिमै हुनेछ ।’ सरकारले ठेक्का दिएको कम्पनीलाई पनि यसबारे पत्राचार गरेको र नम्बर प्लेटमा देवनागरी लिपि नै राख्ने विषयमा छलफल भइरहेको उनले बताए ।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का बङ्लादेशी कम्पनी टाइगर आईटीलाई ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार
नेपाली रुपैयाँमा २०७३ जेठ १७ मा सम्झौता दिइएको थियो । तर, २०७८ भदौमा २५ लाख सवारी साधनमा इम्बोस्ड
प्लेट जडान गर्ने भनेको सम्झौता सकियो र विभागले फेरि २ वर्ष ६ महिनाको समय थपेर सम्झौता नवीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.