आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

मंगलबार देशभरका नासु कर्मचारी कार्यालय नजाने

A notice in Nepali from Mechinagar Ward No. 10

२३ साउन, काठमाडौँ : सिंहदरबार भित्रका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।  ‘नासु बचाउ’ अभियानको नेतृत्वमा निजामती कर्मचारीले पेन डाउन गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए।

अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब  वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन्। आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बृहत् आन्दोलनको तयारी गरिरहेका छन्।

पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन गरेको भट्टराईले बताए।  भट्टराईले भने,‘कर्मचारीले पेन डाउन गरेर सुरु गरेसँगै  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौँ।’नासु र खरिदारका मागहरू सम्बोधन  नभए सामूहिक राजीनामा  दिने
विषयमा छलफल भएको उनको भनाइ छ।

आन्दोलनको कार्यक्रमअनुसार भोलि मंगलबार देशभरका नायव सुब्बा कर्मचारी बिदा बसेर विरोधका कार्यक्रमसमेत घोषणा गरेको युनियनका सचिव भट्टराईले बताए।

उनले भने, ‘आज सिंहदरबारमा ‘नासु कर्मचारीहरुको भेलाले भोलि देशभरिका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ।’

आफूहरूका विरोधका कार्यक्रमहरूलाई सरकारले सुनुवाइ नगरे आन्दोलनका कार्यक्रम तय गरिने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.