अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, काठमाडौँ : अबदेखि डाक्टरले डाक्टरलाई अनुचित शब्द प्रयोग गरेर गालीलौज गर्न र त्यस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न नपाइने भएको छ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि जारी गरेको आचारसंहितामा सहकार्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरेको हो।

डाक्टरलाई लक्षित गर्दै ल्याइएको सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि ल्याइएको ८ बुँदे आचारसंहिता अनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्नुपर्ने छ।

यस्तै सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने, विरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा विरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.