प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई बनायो संसदीय दलको नेता

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता  चुनेको छ।

मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको एक सांसदले जानकारी दिए।

यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए। आजको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो।

प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।

आजको बैठकमा ९० बढी सांसद उपस्थित भएको दाबी गरिएको छ। आइतबार विघटन गरिएको प्रतिनिधि सभामा नेकपा सांसदको संख्या १७४ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.