नेपाल स्टक एक्सचेन्जले वर्सेनि सरकारलाई उत्कृष्ट लाभांश दिँदै

काठमाडौँ  । सरकारी स्वामित्वका ३९ कम्पनीमध्ये १३ वटा घाटामा छन् भने ५ कम्पनीको कारोबार शून्य भइरहदा  नेपाल स्टक एक्सचेन्जले वर्सेनि सरकारलाई उत्कृष्ट लाभांश दिँदै आएको छ।  अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म  सरकारी स्वामित्वका ३९ कम्पनी सञ्चालनमा रहेका छन् ।

जम्मा ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल स्टक एक्सचेन्जले गत आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

३९ औं सञ्चालक समितिको बैठकले ३० प्रतिशत (१५ करोड) नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

प्रवक्ता मुराहरि पराजुलीका अनुसार स्टक एक्स्चेन्जमा नेपाल सरकारको बहु अर्थात ५८.६६ प्रतिशत स्वामित्व छ। यसअनुसार नेप्सेबाट सरकारले ८ करोड ८० लाख रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.