नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश प्रतिनिधिसभामा सुनाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : संघीय संसद्बाट पारित भएर प्रमाणीकरणका लागि आफूकहाँ पुगेको नागरिकता विधेयक फिर्ता पठाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश प्रतिनिधिसभामा सुनाइएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रपतिको नागरिकता विधेयक फिर्ता पठाउने सन्देश सुनाइएको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले संसद् बैठकमा राष्ट्रपतिका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले पठाएको पत्र वाचन गरेका थिए । पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ ।

‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भई सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ,’ राष्ट्रपतिले पठाएको सन्देशमा भनिएको छ, ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसद्बाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएकोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएकोले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध छ ।’

राष्ट्रपतिले आइतबार नागरिकता विधेयक संसद्लाई फिर्ता पठाएकी थिइन् ।

प्रतिनिधिसभाको अबको कुनै बैठकमा उक्त सन्देश सरकारको तर्फबाट मन्त्रीले प्रस्तुत गर्नेछन् । त्यसपछि पुनर्विचारको प्रक्रिया अगाडि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.