मुख्यमन्त्री विरुद्द गए प्रदेश सरकार पनि विघटन हुन सक्ने : प्रधानमन्त्री केपी ओली

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौ ।  प्रदेश १ को  मुख्यमन्त्री शेरधन राई नेतृत्वको  सरकार अल्पमतमा पर्ने चर्चा चलिरहदा प्रधानमन्त्री केपी ओलीले  प्रदेशको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन खोजे प्रदेश सरकार पनि विघटन हुन सक्ने बताउनु भएको छ ।

संसद विघटन र पार्टी विभाजनको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले योहो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले भन्नुभएको छ , ‘यस अवधिमा यथास्थितिमा मिलेर जानू, जे जहाँ जसरी छ त्यसरी मिलेर जानू प्रदेश वा स्थानीय तहमा उचित हुन्छ, नत्र भने, उहाँहरूले कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’

हाल सात प्रदेशमध्ये प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ओलीनिकट नेताहरू मुख्यमन्त्री छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलगत्तै नेकपा विभाजित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.