भद्रपुरकी शान्तिद्वारा सिलिगुडीमा सुविधासम्पन्न स्किन ल्याब सञ्चालन

A notice in Nepali from Mechinagar Ward No. 10

८ भाद्र, भद्रपुर : झापा भद्रपुर निवासी अग्रज पत्रकार, प्रजातान्त्रिक योद्धा स्व. एसएल शर्माकी छोरी शान्ति पारिकले भारतको सिलिगुडीमा विशेषज्ञ चिकित्सकहरुको सेवासहितको अत्याभुनिक एवम् सुविधासम्पन्न स्किन ल्याव स्टुडियो सञ्चालनमा ल्याएकी छिन् ।

सिलिगुडीबाट नजिकै रहेको पूर्वी नेपालका सेवाग्राहीलाई समेत मध्यनजर गर्दै सिलिगुडीमा भारतकी प्रसिद्ध स्किन चिकित्सक डा. जमुना पाइको अगुवाइमा भारतका विभिन्न शहरमा स्थापना गरिएको डा. जमुना पाइ स्किन ल्याब स्टुडियो सञ्चालनमा आएको हो ।

भारतको मुम्बई, चेन्नई, पुणे, कोच्ची, हैदरावाद, बडौदाजस्ता ठूला शहरमा सफलतापूर्वक सञ्चालन भइरहेको डा. जमुना पाइ स्किन ल्याबको फ्रेञ्चाइजी आफूले लिएको सञ्चालक शान्ति पारिकले जानकारी दिइन् ।

सिलीगुडीको विशाल सिनेमा हलनजिकैको जेपी टावरको दोस्रो तलामा उक्त फ्रेञ्चाइजी स्किन ल्याब स्टुडियाको हालै एक समारोहका बीच विधिवत उद्घाटन गरिएको छ । डा. पाइले रिबन र केक काटेर उद्घाटन गरिकी थिइन् ।

सो ल्याबबाट छालासम्बन्धी सबै प्रकारका समस्याको समाधान हुने सञ्चालक पारिकले बताइन् । उनका अनुसार ल्याबबाट मेडी फेशियल, एण्टी अक्सिडेन्ट थेरापी, लेजर ट्रिटमेण्टसहित स्किन ब्राइटनिङ र एण्टी एजिङको सुविधा सवाग्राहीलाई हुनेछ । यसैगरी, ल्याबमा पिम्पल्स, अनावश्यक केश, चाउरीपनबाट छुटकाराजस्ता उपचार हुनेछ ।

ल्याबको उद्घाटन गर्दै डा. जमुना पाइले भनिन्,– ‘ग्राहकहरुलाई अत्याधुनिक टेक्नोलोजीमार्फत छालाको विभिन्न समस्याको उपचार गरी अनुहारको सौन्दर्य बढ़ाउनेछौं’, ‘यहाँ सेवा लिन आउने सेवाग्राहीले सन्तुष्टि प्राप्त गर्नुहुनेछ ।’
डा. जमुना भारतकी सर्वश्रेष्ठ छाला विशेषज्ञमध्ये एक हुन् । उनी फेमिना मिस इण्डियाकी आधिकारिक स्किन केयर सल्लाहकार पनि हुन् । मिस इण्डियामा सहभागी हुने प्रतियोगीहरुलाई विगत तीन दशकदेखि डा. जमुनाले नै ग्रउमिङ गर्दै आइरहेकी छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.