पर्वमा अनावश्यक तडकभडक नगर्न नगर उपप्रमुखको सुझाव

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौं मेचीनगर : मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वद्र्घन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ ।

बुधवार झापाको मेचीनगर ४ को बाहुनडाँगीमा आयोजित तिज मिलन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि न्यायिक समिति संयोजक समेत रहनु भएका नगरउपप्रमुख उप्रेतीले चाडपर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियनत्रण गरी असल संस्कारको विकास गर्दै जानुपर्नेमा उहाँको जोड थियो ।

समाजिक व्यवहार सुधार ऐन, २०३३ र सामाजिक सुधार नियमावलीले धार्मिक, सामाजिक तथा साँस्कृति पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको स्पष्ट पार्नुभयो । कोही कसैले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी कुनै पनि पर्वहरुको कार्यक्रमहरु आयोजना गर्नुनहुने उहाँले बताउनुभयो ।

मेचीनगर नगरपालिका वडानम्बर —४ को सहयोगमा महिला समूह मेचीनगर —४ ले सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रमा विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडानम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले अब हरेक महिला आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

बजार टोल विकाश संस्थाको अध्यक्ष सीतादेवी सिहंको अध्यक्षतामा भएको कार्यक्रममा वडाभरिका टोल विकास संस्थाहरुकोतर्फबाट गोरेटो टोल विकास संस्थाका अध्यक्ष ऐश्वर्य सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पकवान भोजन गराउनुका साथै तीजका गीतमा नृत्य प्रस्तुत गरिएको थियो । रीना पाचकोटीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैलाई टुकादेवी भण्डारीले स्वागत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.