८ भाद्र, मेचीनगर : मिलन क्रिकेट क्लबको आयोजनामा झापाको मेचीनगर स्थित तुर्केनी खेल मैदानाम भएको नवौं जिल्ला स्तरीय अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताको उपाधि मेची बहुमुखी क्याम्पसले जितेको छ । टस जितेर ब्याटिङ्ग रोजेको मेची बहुमुखी क्याम्पसले २० ओभरमा १५३ रन बनाउन सफल भएको थियो । मेची बहुमुखी क्याम्पसका लागि सन्देश दुलालले ४८ बलको पारी खेल्दै अध्याधिक ५२ रन जोड्न सफल भए भने अर्का खेलाडी सरोज पाण्डेले २० बलमा १६ रन जोड्न सफल भए ।
१५४ रनको टार्गेट लिएर व्याटिङ्गमा उत्रेको काँकरभिट्टा बहुमुखी क्याम्पसले ७५ रन मात्र जोड्दै दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो । काँकरभिट्टा बहुमुखी क्याम्पसका खेलाडी विकास डाँगीले १७ बलाम सर्वाधिक २६ रन बनाउन सफल भए । खेलको प्लेयर अफ दि म्याच विजेता टिमका सन्देश दुलाल घोषित भए ।
खेलको वेष्ट बलर उज्जवल काफ्ले घोषित भए भने खेलको वेष्ट व्याटस्मेन अफ दि टुर्नामेन्टकोे उपाधि सुरज न्यौपानेले जित्न सफल भए ।
खेल अवधिभरको उत्कृष्ट खेलाडी सुरज न्यौपाने घोषित भए ।
विजेता टिम मेची बहुमुखी क्याम्पसले नगद रु.२५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । उपविजेता टिम काँकरभिट्टा बहुमुखी क्याम्पसले नगद रु.१२ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेताहरुलाई पुस्कार तथा प्रमाण पत्र काँकरभिट्टा बहुमुखी क्याम्पसका व्यावस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेल, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, एमिटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराईले वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा नेपाली महिला टिमका राष्ट्रिय खेलाडीहरु काजल श्रेष्ठ, शवनम राई, अप्सरी बेगमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन स्मृति कटुवालले गरेकी थिइन् ।


























