‘हरेक बालबालिकाले गुणस्तर शिक्षा पाउनु उस्को नैसर्गिक अधिकार हो ’-राजदुत निकोला

A notice in Nepali from Mechinagar Ward No. 10

१५ भदौं मेचीनगर : नेपालकालागि बेलायतको आवासीय राजदुत निकोला पोलाइटले बेलायत सरकार १२ वर्ष उमेर समुहका बालबालिकाले अनिवार्यरुपमा गुणस्तर शिक्षा पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।
उहाँले बुधबार झापाको मेचीनगर १२ सहरेडाँगी स्थित सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वयरफेयर ट्रष्टद्वारा निर्मित नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा यस्तो बताउनुभएको हो ।कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्जित हुन नहुने भन्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आवासीय राजदुत पोलाइटले नेपालका पनि स–साना बालबालिकाहरु शिक्षाबाट पर नहुनु पर्ने र हरेक निःशुल्करुपमा गुणस्तर शिक्षा पाउनुपर्नेमा जोड दिनुभयो । यो सुविधा सम्पन्न संरचनाबाट यहाँका हरेक बाल बालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सक्ने विश्वास लिइएको भन्दैं उहाँले यसलाई यो शिक्षालाई अवसरकारुपमा लिएर प्रयोग गर्न सुझाँव दिनुभयो ।उहाँले बेलायत र नेपालबीचको सम्बन्ध निक्कै पुरानो र प्रागाढ भएको भन्दैं यो सम्बन्ध सधैभरि जारी रहने बताउनुभयो । भवन र पुस्तकालय २ करोड ४३ लाख ७० हजार ५ सय ३१ रुपैयाँको लागतमा निर्माण गरिएको हो । २०६६ साल मंसिरमा निर्माण शुरु भएर २०७७ भदौं ४ गते विद्यालयलाई हस्तान्तरण गरी कक्षा सञ्चालन भईरहेको छ ।कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका प्रमुखा गोपालचन्द्र बुढाथोकी , विशेष अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले गोर्खा वयरफेयर ट्रष्टले सुविधा सम्पन्न भवन निर्माण गरेर यहाँको शैक्षिकक्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो । बेलायतको फोक्सटन टाउन र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध रहेको भन्दैं दुई देशबीचको सम्बन्ध अझ दरिलो र मजवुत हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ झापा प्रमुख राजकुमार विश्वकर्मा, वरिष्ठ क्षेत्र वयरफेयर अधिकृत खेमराज मादेनलगायतले बोल्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानध्यापक युवराज काफ्ले र स्वगत ले सञ्चालन प्रधानध्यापक शुक्रराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.