केन्याविरुद्धको एकदिवसीय आज, रोहित पौडेल कप्तान

A notice in Nepali from Mechinagar Ward No. 10

१७ भाद्र, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल्दै छ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो पौने एक बजे सुरु हुने छ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ। नेपाल एकदिवसीय सिरिज समेत  कब्जा गर्ने दाउमा छ।  नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो। केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ।

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ। नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका  पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन्। सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन्। तीन एक दिवसीयमा दोस्रो खेल भोलि र र तेस्रो खेल भदौ २० गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.