पार्टी विरोधी गतिविधि गरेको भन्दै ओली समूहद्वारा प्रचण्डलाई कारबाही, खोसियो कार्यकारी अध्यक्षको हैसियत

ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ।

 

बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।

विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको हो । बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरि निर्णय गरेको छ ।

यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिनेबाहेक कसैलाई पनि निष्कासन गरेको छैन तर प्रचण्ड-नेपाल समूहले भने ओलीलाई अध्यक्षको जिम्मेवारीबाट बर्खास्त गर्दै सो स्थानमा नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ।

प्रचण्ड-नेपाल समूहमा लागेका भनिएका केन्द्रीय कमिटीका सदस्यको नाम समावेश गरी ओलीले निर्वाचन आयोगमा विवरण बुझाएका छन् भने प्रचण्ड-नेपाल समूहले ओली पक्षका केन्द्रीय सदस्यको नाम काटेर निर्वाचन आयोगमा २८७ जनाको मात्रै नाम पेश गरेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.