सन्दीप लामिछानेले भने- म निर्दोष छु, न्याय पाउनेछु

A notice in Nepali from Mechinagar Ward No. 10

बलत्कारकाे आरोप लागेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न सेन्ट लुसियामा रहेका लामिछानेले शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राखेका छन्। “म निर्दोष छु,” लामिछानेले भनेका छन्, “नेपालको कानूनप्रति भरोसा छ।”

उनले सीपीएल पनि छाडेका छन्। लामिछानेले भनेका छन्, “मैले सीपीएल छाड्ने निर्णय गरेको छु र छिट्टै स्वदेश फर्किनेछु।”

नेपाली राष्ट्रिय टोलीसँगै केन्या गएका उनी टी-२० श्रृंखलापछि सीपीएल खेल्न सेन्ट लुसिया पुगेका थिए। सीपीएल जारी रहेको छ। उनले सीपीएल सकेर आउने बताएका थिए।

तर, बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएपछि तत्काल फर्किन लागेका हुन्। प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न भदौ २३ गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइसकेको छ।

उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।

उनले आफू विरुद्ध लागेका सबै आरोपको सामना गर्ने बताएका छन्। लामिछानेले भनेका छन्, “म सबै आधारविहीन आरोपहरुको सामना गर्न तयार छु।”

यसमा संलगन सबैमाथि छानबिन हुनेमा आशावादी रहेको उनले जनाएका छन्। “न्यायले निर्दोषलाई साथ दिनेछ,” उनले भनेका छन्, “यसमा संलग्न सबैमाथि सही अनुसन्धान हुनेछ।”

लामिछानेले न्याय पाउने विश्वास गरेका छन्। उनले भनेका छन्, “आशा छ, कानून सबैका लागि समान हुनेछ।”

नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरीमा लामिछानेले नाबालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

भदौ ५ गते राति बलात्कार गरेको आरोप लागेको छ भने उनी भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै केन्या गएका थिए। त्यहाँ टी२० श्रृंखला खेलपछि उनी सेन्ट लुसिया पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.