बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

A notice in Nepali from Mechinagar Ward No. 10

२४ भदौं, झापा : झापाको बिर्तामोडमा शुक्रबार चिया तथा अलैंची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी परियोजना बारे जानकारी गराउने र त्यस अनुरुपका क्रियाकलाप अघि बढाउने उद्देश्यले आयोजत अन्तरक्रियात्मक कार्यक्रममा परियोजना बारे बृहद छलफल भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको अध्यक्षतामा विर्तामोडको होटल हेभनमा आयोजित कार्यक्रममा महासंघका सहायक निर्देशक हरि पडेल र वरिष्ठ विज्ञ हंशराज पाण्डेयले सहजीकरण गरेका थिए ।
झापा र इलामका उद्योग–वाणिज्य क्षेत्रका पदाधिकारी, वस्तुगत संघहरुका पदाधिकारी एवम् प्रतिनिधि र चिया तथा अलैंची उत्पादक, व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा चिया तथा अलैंची उद्योग क्षेत्रमा अपनाइएका सुरक्षा तथा स्वास्थ्य क्षेत्रको चर्चा गरिनुका साथै अब गर्नुपर्ने क्रियाकलापका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, नेपाल कुचो संघकी सदस्य सुष्मा पौडेललगायतले उद्योग–व्यवसाय क्षेत्रमा विभिन्न किसिमका परियोजनाहरु सञ्चालन हुने तर त्यसले मूर्तरुप नपाउने हुँदा प्रतिफलमुखी बन्न नसकिइरहेको औंल्याउँदै स्वास्थ्य नागरिकको मौलिक हक भएकोले यसका लागि राज्यले जिम्मेवारी लिनुपर्ने बताए ।
झापा र इलामका चिया तथा अलैंची उद्योगका लागि सञ्चालित यस परियोजनाअन्तर्गत विभिन्न चरणका सचेतनामूक र प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन हुने कार्यक्रम संयोजक गोपाल पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.