नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना हुनु भएको छ । पिसाब नलीमा भएको पथ्थरीको उपचारका लागि महामन्त्री शर्मा हिजो अस्पताल भर्ना हुनु भएको शर्माका पारिवारिक स्रोतलाई उध्रित गर्दै सेतोपत्रले लेखेको छ ।
काठमाण्डौका महाराजगञ्जस्थीत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहनु भएका शर्माको आज विहान ११ बजे अप्रेशन सुरु हुने बताइएको छ । केही समय अघि शर्माको देब्रे मृगौलामा १० एम एमको पथ्थरी देखिएको थियो ।
स्वास्थ्य अवस्था सामान्य रहेको बेला केही दिन अघि अचानक धेरै दुखाई भएसँगै स्वास्थ्य परीक्षण गराउँदा पथ्थरी मृगौलाबाट पिसाब नलीमा सरेको र तत्काल अप्रेशन नै गर्नु पर्ने चिकित्सकले सल्लाहा दिए पछि वहाँ अस्पताल भर्ना हुनु भएको हो ।
अप्रेशन पश्चात दुई दिन अस्पताल बसाई पछि शर्मालाई थप आरामका लागि घर पठाईने चिकित्सकले बताएको शर्माका पारिवारिक सदस्यले जानकारी दिनु भयो ।

























