समूह विजेताका रूपमा नेपाल सेमिफाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

नेपालले समूह ‘बी’ विजेताका रूपमा सोमबार वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। दशरथ रंगशालामा नेपालले समूहको अन्तिम लिग खेलमा श्रीलंकालाई ६-० ले हरायो ।

नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार छैटौं संस्करण हो । नेपाल प्रतियोगिताका सबै संस्करणमा कम्तीमा सेमिफाइनल पुगेको छ ।

यो जितपछि नेपालको दुई खेलबाट अधिकतम ६ अंक भएको छ । यसै समूहबाट भुटान समूह उप-विजेताका रूपमा अन्तिम चारमा पुग्यो । भुटान सेमिफाइनल पुगेको यो पहिलो अवसर हो ।

लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । नेपालका लागि रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक/ एक गोल गरे । यस्तै अमिशा कार्कीले दुई गोल गरिन् ।

पहिलो हाफमा नेपाल चार गोलले अगाडि रहेको थियो । नेपालको जित एकपक्षीय रह्यो र श्रीलंकाले पूरा खेल अवधिमा कुनै पनि आक्रमण बुन्न सकेन । श्रीलंकामाथि नेपालको यो लगातार आठौं जित हो । नेपाल श्रीलंकाविरुद्द सबै खेलमा विजयी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.