सरकारले खुलायो केराउ, सुपारी र कालो मरिचको आयातमा लगाएको प्रतिबन्ध

A notice in Nepali from Mechinagar Ward No. 10

२७ भदौं, काठमाडौँ : सरकारले केराउ, सुपारी र कालो मरिचको आयातमा लगाईएको प्रतिबन्ध खुलाएको छ ।

सरकारले आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात प्रतिबन्ध खुलाएको जनाएको हो । यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि प्रतिबन्ध लगाइएको थियो ।

सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने बताएको छ । प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.