चोलेन्द्रको दाबी : महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला

A notice in Nepali from Mechinagar Ward No. 10

२८ भदौं, काठमाडौँ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला भएको दाबी गरेका छन्।

महाअभियोग सिफारिश समितिमा आज बयान दिँदै जबराले आफूमाथि लागेका सबै आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन समितिलाई नै आग्रह गरे।

समिति सभापति रामबहादुर विष्टले जबरालाई ४३ औँ नम्बरको प्रश्न ’तपाईंलाई लागेका महाभियोगको आरोपका सम्बन्धमा निर्दोष छु भन्ने प्रमाण पेश गर्न चाहनुहुन्छ भने पेश गर्न सक्नुहुन्छ’ भनेर सोधेका थिए।

जवाफमा जबराले थप प्रमाण पेश गर्नुपर्ने केही नभएको बरु प्रधानन्यायाधीशको पनि ‘न्यायाधीश’ बन्ने सौभाग्य समितिलाई जुरेको बताए।

जबराले राजनीतिक दलहरूले राजनीतिक मुद्दामा आएका फैसला र आफ्ना सहकर्मी न्यायाधीशलाई प्राप्त आश्वासनले आफूविरुद्ध महाभियोग लागेको दोहोर्‍याए। जबराले सौदाबाजी गरेर मन्त्रिपरिषदमा भाग लिएको आरोप पनि निराधार रहेको दाबी गरे।

यससँगै समितिले तयार पारेका ४३ प्रश्नको जवाफ जबराले दिएका छन्। अब समितिले पूरक प्रश्न सोध्नका लागि जबरालाई बुधबार बोलाएको छ।

भदौ १५ गते बयान शुरु गरेको समितिको आजको चौथो बैठकमा बाँकी ८ प्रश्न सोधिएको थियो।

४३ प्रश्न सोध्न १३ दिन लगाएको समितिले यसै महिनाको अन्तिमसम्म प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.