Saturday, May 8, 2021
- बिज्ञापन -
गृह राष्ट्रियसमयमै निर्माण सकिन ढिलाई , इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सुविधा सम्पन्न ...

समयमै निर्माण सकिन ढिलाई , इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सुविधा सम्पन्न भवन

मेचीनगर, १० पुस । एकवर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी दुईवर्ष अघि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको भवन अझै अधूरै छ । शिलान्यास गरेको समयदेखि एकवर्षभित्रमा निर्माण सक्ने भन्दैं २०७५ साल चैत १९ गते मंगलबार मन्त्री कार्कीले उक्त भवनको शिलान्यास गर्नुभएको थियो ।

१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट ३ करोड ६२ लाख ४५ हजार ४ सय ५ रुपैयाँ भएपनि २ करोड ५० लाख ७४ हनार ९ सय ४ रुपैयाँमा याक्थुङ्गहाङ एस.ए.एस. पुस्कर जेभी निर्माण कम्पनिसँग ठेक्का सम्झौता भएको थियो । २०७६ बैशाख २ गते सम्झौता भएको र २०७७ बैशाख १९ गते निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । तर सम्झौतामा उल्लेखित सम्पन्न मिति ८ महिना सकिएको छ । भवनको निर्माण अधुरै छ ।

 

” समयमै नयाँ भवन निर्माण नभएपछि अहिले ४० वर्षअघि वा २०३५ सालमा निर्माण भएको पुरानो भवनबाटै दैनिक कार्य सम्पादन हुदैछ । “

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको भवन निर्माण कार्य आयोजनाको नाम भएपनि कार्यालय भवन हिरासत, र शौचालय तथा सेफ्टी ट्याङ्की, महिला तथा पुरुषका लागि हिरासत, स्नान गृहसहित अत्याधुनिक भवनको निर्माण कार्य शुरु भएको थियो ।

अढाई तले र २२ कोठे पक्की भवनको हाले करीव ६० देखि ६५ प्रतिशतमात्र काम सम्पन्न भएको एकजना प्रहरी अधिकारीले बताए । नोवल कोराना भाईरस कोभिड १९ को संक्रमणका कारण निर्माण कार्यमा समस्या देखिएको भन्दै थप ६ महिनाको समय अवधि थप गरिएको बताइएको छ । थप गरिएको समय वित्न लाग्दासम्म त्यो समयसम्ममा भवन पूर्णरुपमा निर्माण भईनसक्ने अवस्था छ ।

समयमै नयाँ भवन निर्माण नभएपछि अहिले ४० वर्षअघि वा २०३५ सालमा निर्माण भएको पुरानो भवनबाटै दैनिक कार्य सम्पादन हुदैछ । जीर्ण भवनबाट काम गर्नुपर्दा जोखिम मोल्नुका साथै दैनिक कार्य सम्पादनमा समस्या हुने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।

 

आम जनताको धनजनको सुरक्षाको जिम्मा लिएर बसेको प्रहरी आफै असुक्षित भएका कारण सवैभन्दा पहिला जीर्ण अवस्थामा रहेको प्रहरी कार्यालयको निर्माणमा सरकार लागे पनि समयमै काम नसकिनुले थप चिन्ता बढाएको छ ।

शिलान्यासका अवसरमा मन्त्री कार्कीले १ नम्बर प्रदेश सरकारले २ वटा ट्राफिक प्रहरी कार्यालयसहित चालु आर्थिक वर्ष २०७४/ ०७५ मा ५३ वटा कार्यालय निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको भवन निर्माणको काम यति ढिलासुस्ती हुँदा अन्य ठाउँका भवनको काम कति तीव्ररुपमा भइरहेको होला प्रश्न उठेको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु